सामसङ्गले उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस-२३ लाई सार्वजनिक गरेको छ । माघ ५ गते एक विशेष समारोहकाबीच कम्पनीले ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरूको अन्भेल सार्वजनिक गरेको हो ।
सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, लोकप्रिय नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियका रानी जोशीले संयुक्त रूपमा सामसङ्गको ग्यालेक्सी एस२३ सिरिज नेपालमा अनावरण गरेका हुन् ।
सामसङ्गका निर्देशक स्थापितले भने “ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।
यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।”
ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन् ।
ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउने कम्पनीको दावी छ ।
यो एको फ्रेन्ड्ली डिभाइस हो जसकोे निर्माणमा पहिलेको भन्दा दुई गुणा बढी recycled गरिएका सामग्रीहरू प्रयोग भएको छ ।
सामसङ्ग ग्यालेक्सीको क्यामेरा पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापक अपग्रेड गरिएको एडप्टिभ पिक्सल २०० मिलियन पिक्सल सेन्सर छ । सेल्फी क्यामराको महत्व ज्यादा भएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अतो फोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फी क्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकैपटक ६०एफपिएसमा पुगेको छ, जसले तीक्ष्ण रुपमा फ्रन्ट फेसिङ फोटोहरु र भिडियोहरु खिच्न सहज बनाउँछ ।
ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । ।
प्रोसेसरः ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । क्वालकोमसंगको नजिकको सहकार्यका साथ यसले ग्यालेक्सीको लागि स्न्यापड्रागन® ८ जेन २ मोबाइल प्ल्यात्फोर्ममा प्रदान गरेको छ, जसले फ्युचर–रेडीे मोबाइल गेमिङ्ग अनुभव र शक्तिशाली दिगो गेम प्ले उपलब्ध गराउँछ । साथै जिपियुले रे ट्रेसिङ्ग मोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तै वास्तविक गेमिङ्ग अनुभव दिन्छ ।
डिस्प्लेः ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् ।
उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथ हाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ्ग समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।
डिजाइन र टिकाऊः एस२३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसङ्गको दिगो प्रतिबद्धता झल्किन्छ ।
एस२३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रूपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।
ब्याट्रीः ग्यालेक्सी एस२३ मा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ । ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एम ए एच द्वारा वृद्धि गरिएको ठूलो ब्याट्री रहेको छ । ग्यालेक्सी एस२३ अल्ट्रामा ५००० एम ए एच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविध कार्य सजिलैसंग हुन्छ ।
तपाईंले https;|/cms(prd.mygalaxy(nbs.com/nP(S23(Preorder) वेबसाइटमा गएर वा नजिकैको सामसङ्ग शोरुमहरुमा जानु भएर औपचारिक रुपमा आफ्नो प्रिय उपकरणको प्री–अर्डर दर्ता गर्न सक्नु हुन्छ । प्री–अर्डर अफर गर्ने अवधि यही फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहने कम्पनीले जनाएको छ ।
यस्ता आर्कषक फाइदाहरुका साथ प्याक गरिएको एस२३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ६ हजार ४ सय रुपैयाम्ँबाट शुरु भएकोछ ।
सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा ८ हजार रुपैयाँसम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस