उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन् । आज (शुक्रबार) काठमाडौैंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३औँ साधारणसभा तथा तेश्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले उद्योगी व्यवसायीहरुको समस्यालाई न्युनिकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सहुलियतको योजना तय गरेको बताए ।
ऋणीहरुको समस्यालाई केहि सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै, उनले राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भएपनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको धारणा राख्नुभयो । अहिले मुलुकको आर्थिक अवस्थामा राम्रो नभएपनि आतिनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सवै मिलेर प्रतिकुलताका बेला धर्यताका साथ काम गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले निजी क्षेत्रका समस्याहरुलाई सुनेर समाधानका लािग पहलकदमी लिने प्रतिवद्धता जनाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस