Like us!
Follow us!
Connect us!
Watch us!

ॐ दिव्य मातृभूमी नेपाल नामक धार्मिक संस्थाको उद्घाटन, कसले के भने ?

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १६ : ०१ मा प्रकाशित

ॐ दिव्य मातृभूमी नेपाल नामक धार्मिक संस्थाको उद्घाटन, कसले के भने ?

ॐ दिव्य मातृभूमी नेपाल नामक धार्मिक संस्था उद्घाटन भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गर्दै उक्त संस्थाको उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि पूर्व राज्यमन्त्री कान्ता भट्टराईले दीप प्रज्वलन गरेर संस्थाको उद्घाटन गरेकी हुन् । संस्थाको अध्यक्षमा वसन्ती वन्त रहेकी छन् ।

संस्थाकी सचिव सुस्मिता थापाले देशमा बढेको विकृति, विसंगतिको अन्त्य र हिन्दुराष्ट्रको रक्षाका लागि उक्त संस्था स्थापना गरिएकोे बताईन् । ‘देश विकृति, विसंगति र तछाडमछाडले तहसनहस भयो । देश नरहने अवस्थामा आइसक्यो । हाम्रो हिन्दु धर्म भनेको भन्ने कुरा सबै जनाले बिर्सिसके । हिन्दुराष्ट्र भनेर पुर्खादेखि विश्वले चिनेको देश आज आएर गणतन्त्रवादीहरुले तहसनहस बनाएको कारणले हामीले हाम्रो धर्म के हो ? अब हामीले के गर्नुपर्छ भनेर परिचय दिन हामीले यो संस्था दर्ता गरेका हौं,’उनले भनिन् ।

कार्यक्रमका अर्का वक्ता एव धार्मिक अभियन्ता रामकुमार रिजालले अहिलेको व्यवस्थाले देवभूमि भनेर विश्वमा परिचित मुलुकमा धर्मनिरपेक्षता लादेर पहिचान मेटाउन खोजेको आरोप लगाए । राजनीतिको सेरोफेरोमा वैद्धिक सनातन हिन्दुहरुको अस्तित्व संकटमा परेको उनको गुनासो छ ।

‘तपोभूमि देवोभूमि भनेर विश्वमा परिचित भएको मुलुकलाई धर्मनिरपेक्षताको नाममा पहिचान मेटाउने दुष्प्रयास भइरहेको छ । त्यसका विरुद्धमा हामीले संघर्ष गर्ने दिन आउँछ कि भन्ने चिन्ता भएको छ । राजनीतिको सेरोफेरोमा धर्मलाई चपेटामा पारियो । अहिले ८१ प्रतिशत हिन्दु र सबै ॐकार परिवार जोड्दा ९४ प्रतिशत हामी छौं । तर, हामीले हाम्रो हैसियत देखाउन सकेका छैनौं,’ उनले भने ।

अब वैद्धिक सनातनी धर्म मान्नेहरु एक हुनुको विकल्प नभएको उनको धारणा छ ।

त्यसैगरी, अर्का धार्मिक अभियन्ता एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता बाबुराम खड्काले नेपाललाई हिन्दुराज्य कायम गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

‘झिँजा नभई मुढा कसरी सल्किन्छ ? हामी झिँजा हौं, यस्ता मुढाहरुलाई हामी सल्काएर छाड्छौं । हाम्रो देशमा हिन्दुराष्ट्र कायम गराएरै छाड्छांै । हामी सबै मिलेर अगाडि बढौं । हामीलाई हाम्रो उद्देश्य पूरा गर्न कसैले छेक्न सक्दैन,’ उनले भने ।

अर्का वक्ता शाहकार निराकार शिव तान्त्रिक अघोर बाबाले संस्थालाई शुभकामना दिँदै नेपाल भूमि धर्म उत्पत्तिको भूमि भएको बताए । नेपाल हिन्दुराष्ट्र नबनेसम्म आफ्नो आन्दोलन कायमै राख्ने उनले बताए । साथै, नेपाललाई हिन्दूराष्ट्र कायम गराउन माग गर्दै देशमा ठूलो आँधी आउनेवाला रहेको उनको दाबी छ । अहिलेको राजनीतिज्ञले धर्ममा राजनीति बोकेर हिँडेको उनको आरोप छ । राजनीति भन्दा धर्म अगाडि हुनुपर्ने उनको धारणा छ ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व राज्यमन्त्री कान्ता भट्टराईले आजभोलि नेपालमा नाममासमेत संर्किणता आएको टिप्पणी गरिन् ।
‘आजभोलि नाममा पनि संर्किणता पाइन्छ । हामी आफ्ना छोराछोराको नाम माइकल, मेरिना राखेर माता पिता गर्व गछौं । यहाँका विद्यालयको नाम ह्वाइट हाउस । मानौं हामी अमेरिकाका विद्यालयमा गएर आफुना सन्ततिलाई शिक्षा दिइरहेको ठानेर गर्व गर्छौं । के हाम्रो अमरकोशमा त्यस्ता नाम छैनन् ?’ उनले प्रश्न गरिन् । संस्कृत भाषा देव वाणी भएको उनको दाबी छ । राजनीतिक स्वार्थका आधारमा राज्यले आफूले संस्कृतमा लेखेको पुस्तक जलाइदिएको भन्दै उनले दुःख व्यक्त गरिन् । अहिलेको पुस्ता संस्कृत वाणीलाई छाडेर डिजिटल दुनियाँमा रमाउनु दुःखद् भएको उनको भनाई छ ।

नेपालको माटो र नेपालजस्तो पवित्र भूमि संसारमा कतै नभएको उनको दाबी छ । अहिलेका पुस्तालाई हामीले संस्कार दिन नसकेको उनको धारणा छ । मानव जीवनमा चाँहिने संस्कार धर्मले सिकाउने उनको दाबी छ । सनातन धर्म विश्वको पहिलो धर्म भएको उनको दाबी छ । राम्रको कर्म गर्नु र राम्रो आचरणमा रहनु नै धर्म भएको उनले बताइन । हाम्रो आफ्नो नेपाली भाषा र संस्कृतमा अहिलेको समयमा पनि उपयुक्त शब्द भएको उनको दाबी छ । भारतका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा हिन्दी भाषामा सम्बोधन गरेको स्मरण गर्दै उनले अहिले अंग्रेजी भाषाप्रतिको मोह त्याग्नुपर्ने उनले बताइन् ।

सांस्थाकी संस्थापक अध्यक्ष वशन्ती वन्तले अहिलेका पुस्ताले मातृभूमिमाथि गर्नुपर्ने कर्तव्य भुलेको बताइन् । संस्कृतिको जगेर्ना र धर्मको रक्षाका लागि आफूहरुले यो अभियान सुरु गरेको उनको दाबी छ । अहिले धर्मको नाममा विकृति बढेको उनको ठम्याँई छ । कार्यक्रमको सञ्चालन तीर्थ बस्नेतले गरेका थिए । कार्यक्रम सञ्चालन भने तीर्थ बस्नेतले गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको