उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा नयाँ कार्यक्रमहरु नल्याउने घोषणा गरेका छन् । चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै संसदमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले मापदण्ड, कार्यविधि, निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रमसमेत स्थगित गर्ने बताएका छन् । चालू वर्ष राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको, अनुदान प्राप्ति कम भएकोलगायत कारण बजेट अभाव भएकाले त्यस्ता कार्यक्रम स्थगित गर्नु परेको उनले बताए । कार्यान्वयनमा जान बाँकी आयोजनालाई पनि अब प्राथमिकताका आधारमा मात्रै कार्यान्वयनमा लाने व्यवस्था गरिएको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस