Like us!
Follow us!
Connect us!
Watch us!

जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन प्रधानमन्त्री प्रचण्डको अपिल

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०७ : ३८ मा प्रकाशित

जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन प्रधानमन्त्री प्रचण्डको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन आग्रह गरेका छन्। जनयुद्धको २८ औं वार्षिकोत्सवको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यसलाई साझा दिवसको रूपमा मनाउन अपिल गरेका छन् ।

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गर्दै उनले दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव रूपमा मनाउन अपील समेत गरेका हुन्।

‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो,’ उनले भनेका छन्, ‘यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको