Like us!
Follow us!
Connect us!
Watch us!

अडाणी ग्रुपविरुद्ध दायर भएको पिआइएलमा भारतीय सर्वोच्च अदालतले सोमबार सुनवाइ गर्दै

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १२ : ४७ मा प्रकाशित

अडाणी ग्रुपविरुद्ध दायर भएको पिआइएलमा भारतीय सर्वोच्च अदालतले सोमबार सुनवाइ गर्दै

अडाणी ग्रुपविरुद्ध दायर भएको सार्वजनिक सरोकारको विषय(पिआइएल) रिटमा भारतीय सर्वोच्च अदालतले आज (सोमबार) सुनवाइ गर्दै छ। हिन्डेनबर्गसँग सम्बन्धित विषयमा सर्वोच्चले सुनवाइ गर्न लागेको हो।

अधिवक्ता एमएल शर्मा र विशाल तिवारीले उक्त रिट दायर गरेका हुन्। रिटमा हिन्डेनबर्गले सर्ट सेल गर्‍यो र भारतीय लगानीकर्ताले ठुलो नोक्सानी व्योहर्नु परेको दाबी गरिएको छ। तिवारीका अनुसार हिन्डेनबर्गको रिपोर्टले मुलुकको छवि धमिल्याइदिएको छ। जसले भारतीय अर्थ व्यवस्थालाई प्रभावित पार्दै लगिरहेको छ। उता शर्माले दायर गरेको रिटमा मिडियाले रिपोर्टको बारेमा गरेको चर्चाले शेयर बजारलाई प्रभावित पारेको दाबी गरिएको छ। त्यस विषयमा हिन्डेनबर्गका संस्थापक नाथन एण्डरसनले समेत भारतीय नियामक सेवीलाई उसले गरेको दाबीको विषयमा प्रमाण दिन असफल रहेको दाबी गरिएको छ।  

मनोहर लाल शर्माले दायर गरेको रिटमा सेवी र केन्द्रीय गृह मन्त्रालयले हिन्डेनबर्गका संस्थापक एण्डरसन र भारतमा रहेका उनका सहयोगीका विरुद्ध जाँच गर्नु पर्ने तथा एफआइआर दर्ता गर्न माग गरेको छ।    

यस अघि उक्त रिटको सुनवाइ गत शुक्रवार गरिएको थियो। शुक्रवार भएको सुनवाइमा प्रधान न्यायाधीश  डी वाई चंद्रचूड़ र न्यायाधीश पीएस नरसिम्हा तथा जेबी पारदीवालाले भारतीय पूँजी बजार नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेवी) लाई भविष्यमा लगानीकर्ताको सुरक्षाको विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन आदेश दिएको थियो। सो विषयमा सोमबार सुझाव पेस गर्न सर्वोच्चले भनेको थियो।-मेरोलगानीबाट  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको