Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवको टिप्पणी- तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र शहरमा बैंकको चर्को ब्याजको आतंक छ

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १४ : ४९ मा प्रकाशित

विप्लवको टिप्पणी- तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र शहरमा बैंकको चर्को ब्याजको आतंक छ

नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र शहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको अवसर भिडियो सन्देश जारी गर्दै उनले शासकहरू कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताएका हुन् ।  

भिडियो सन्देशमा उनले भने, ‘देशमा आर्थिक संकट बढ्दै छ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति लाखौँ लाख जनता तड्पी रहेका छन्।  तपाईँमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’ 

आर्थिक संकट गहिरिँदै जाँदा उद्योगी व्यापारी समेत पलायन हुने अवस्थामा पुगेको विप्लवले बताए ।  उनले थपे, ‘राज्य सञ्चालकहरू कुर्सीमा लिप्त छन् । संसदवादी दलहरु कुर्सीको झगडामा व्यस्त छन् । आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको