Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवको टिप्पणी- प्रधानमन्त्री ‘प्रचण्ड’को मुद्दाले माओवादीहरुमा चेतना आयो

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १६ : २४ मा प्रकाशित

विप्लवको टिप्पणी- प्रधानमन्त्री ‘प्रचण्ड’को मुद्दाले माओवादीहरुमा चेतना आयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको द्वन्द्वकालीन घटनालाई लिएर परेको मुद्दाले माओवादीहरुमा चेतना आएको टिप्पणी गरेका छन् । आज (बुधबार) नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) को पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रचण्डविरुद्धको मुद्दाले माओवादीको मनमा ढ्याङ्ग्रो ठोकेको नभई चेतना ल्याउने काम गरेको बताए । प्रचण्डमाथि सर्वोच्च अदालतमा परेको मुद्दालाई लिएर सञ्चारकर्मीले माओवादीको मुटुमा ढ्याङ्ग्रो ठोकेर पार्टी एकता सुरु भएको हो ? भन्ने प्रश्नमा उनले भने‘ढ्याङ्ग्रो बजेको होइन, चेतना चाहिँ आएको पक्कै हो । अरुको के गर्छ माओवादीको मुटुमा ढ्याङ्ग्रो चाहीँ बज्दैन,’– उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको