Like us!
Follow us!
Connect us!
Watch us!

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, ०९ : २८ मा प्रकाशित

एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

एसियन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ। 

कम्पनीले गत माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको थियो। तर, सरकारले हिजो फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको उक्त आईपीओमा आवेदन दिने म्याद भोलि फागुन ३ गते बैंकिङ समयसम्म थप गरिएको जनाइएको छ। 

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। 

अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको