Like us!
Follow us!
Connect us!
Watch us!

एसियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुने

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १४ : ०८ मा प्रकाशित

एसियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुने

एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार (फागुन १४ गते) बाँडफाँट हुने भएको छ । आइतबार (फागुन १४ गते)  बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटले जनाएको छ । यता, एसियनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको