Like us!
Follow us!
Connect us!
Watch us!

सांसद सुमना श्रेष्ठको प्रश्न : बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १३ : ०३ मा प्रकाशित

सांसद सुमना श्रेष्ठको प्रश्न : बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा कुन नैतिकताले खेलाईएको भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्।  उनले न्यायपालिकाको काम चुस्त, दूरुस्त हुनुपर्नेमा जोड दिईन् ।

उनले न्यायसम्पादन चाँडो नहुँदा समाज कानूनी मुद्दामा पनि विभाजित हुन थालेको समेत विषय उठाईन् ।

शून्य समयमा बोल्दै उनले भनिन्–‘सन्दीप लामिछानेको मुद्दा हामी कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरेपितको नाम सार्वजनिक किन गरियो ? राष्ट्रको प्रतिनिधित्व भएको व्यक्तिको मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको