Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याउने रिती नै बस्यो– सुमना श्रेष्ठ

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १६ : ०६ मा प्रकाशित

सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याउने रिती नै बस्यो– सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले हिजो (मंगलबार)को संसद बैठक आकस्मिक स्थगित गरेकोमा प्रश्न गरेकी छिन्। आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले क्याबिनेट बैठक छ भनेर प्रतिनिधि सभा बैठक स्थगित गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

संसद्मा आक्रोशित हुँदै उनले प्रश्न गरिन्,‘क्याबिनेट र संसदबीच त समन्वय गर्न सक्दैनौं भने ठुल्ठूला परियोजनामा धेरै मन्त्रालय र   निकायबीच कसरी समन्वय गर्छौँ?।’ सांसद श्रेष्ठले एउटा बैठक बस्दा दस लाख खर्च हुने बताउँदै पूर्वसूचना पाए दस लाख जोगाउन सकिने स्पष्ट पारिन्। 

‘सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा १० लाख रकम हामीले बँचाउन सक्दैनथ्यौं रु के करदाताको पैसा त्यति सस्तो छरु,’ उनले भनिन्, ‘आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल। भन्न पाइन्छ र? ‘सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याउने रिती नै बसेको छ।, ’ उनले थपिन्, ‘कसरी पचेको यो हामीलाई? गल्तीलाई गल्ती भनौं र स्वीकार गरौं ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको