Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्न : युवाको आवाज सरकारले सुन्छ ?

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १५ : ३६ मा प्रकाशित

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्न : युवाको आवाज सरकारले सुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै उनले  विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको ’बोल्न दे सरकार’ अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्‘सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,यो आवाजलाई सरकारले सुन्छ ? युवाहरूको आवाज सबैले बोक्नै पर्छ, सुन्नैपर्छ, ।

सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको