Like us!
Follow us!
Connect us!
Watch us!

मनी लाउन्डरिङसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १५ : ५३ मा प्रकाशित

मनी लाउन्डरिङसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक संसद्मा पेस भएको छ। 

कानुन न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले आज (बुधबार) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक संसद्मा पेस गरेका हुन् । आर्थिक अपराध नियन्त्रण गर्ने उद्देश्यले ऐन ल्याइएको मन्त्री प्रधानले बताए। 

उनले भने, ‘आर्थिक अपराध विश्वव्यापीरुपमा बढ्दै गएको, एक देशमा बसेर अन्य जुनसुकै देशमा अपराध गर्न सकिने भएको, नेपालबाट विभिन्न तरिकाले पुँजी पलायन गराउने, विप्रेषणलाई हुण्डीको माध्यमबाट विदेशमा रोक्ने, राजस्व छल्नेजस्ता आर्थिक अपराध गर्ने पर्याप्त कानुनको व्यवस्था गर्न आवश्यक छ। यो विधेयक परिमार्जन गरिएको हो।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको