Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरण निवारण ऐनको बुँदा बुँदामा छलफल हुन जरुरी रहेको सांसद पौडेलको भनाइ

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १८ : १२ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण निवारण ऐनको बुँदा बुँदामा छलफल हुन जरुरी रहेको सांसद पौडेलको भनाइ

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्त्यन्तै प्रभावकारी हुन आवश्यक रहेको बताएका छन् । आज (बुधबार) संसदमा बोल्दै उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्त्यन्तै प्रभावकारी हुन आवश्यक रहेको बताएका हुन्। 

उनले पुराना कानून भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी नदेखिएकै कारण यो नयाँ विधेयक अघि बढेको भन्दै यसको हरेक बुँदा बुँदामा छलफल हुन जरुरी रहेको प्रष्टयाए ।

संसदमा बोल्दै उनले भने, 'भाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, भ्रष्टाचार अन्त्य गर्न त्यसअनुसारको कानून हुन जरुरी छ र त्यो कानून असाध्यै प्रभावकारी हुन जरुरी छ। यो नयाँ कानून हैन यो संशोधन गर्न गइरहेका छौं, यसको मतलब यसभन्दा अघि बनाएको कानून प्रभावकारी हुन सकेन। त्यसकारण अझ प्रभावकारी ढंगबाट कानून बनाएर हामीले यो सम्पत्ति शुद्धीकरण निवारण ऐनलाई अगाडि लिएर जान खोजिरहेका छौं, यो हतार गर्ने हैन ।' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको