Like us!
Follow us!
Connect us!
Watch us!

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १२ : ३५ मा प्रकाशित

द्रुत मार्ग नबन्दा प्रभावकारी भएन चोभार बन्दरगाह

काठमाडौंको चोभारमा निर्माण भएको चोभार सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भई सञ्चालन भएको एक वर्ष पुग्न लाग्दा न्यून परिमाणमा आयात–निर्यात भएको हो ।

इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुक्खा बन्दरगाह सञ्चालनमा आएको ११ महिना भएको छ । यो अवधिमा ९० कन्टेनर सामान बन्दरगाहमा आयात भएको छ भने चार कन्टेनर सामान निर्यात भएको छ ।

तेस्रो मुलुकमा तयारी पोसाक, कपडा, विद्युतीय सामान आयात भएका छन् । चोभार बन्दरगाहमा भित्रिएका ९५ प्रतिशत चिनियाँ वस्तु रहेका छन् । यस्तै नेपालबाट न्यून मात्रामा टेक्स्टाइल, ऊनी कपडा, हस्तकलाका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईले दैनिक पाँच सय कन्टेनर जाँचपास गर्ने क्षमता रहे पनि ११ महिनामा ९४ कन्टेनर मात्र जाँचपास भएको जानकारी दिए। बन्दरगाहबाट चालू आर्थिक वर्ष १२ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा अहिलेसम्म १० करोड रुपैयाँ मात्रै सङ्कलन गरिएको जानकारी दिए ।

सामान आयात निर्यात न्यून हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन भएको भन्सार प्रमुख भट्टराईले बताए। सामान आयात गर्न एलसी अनिवार्य खोल्नुपर्ने र काठमाडौंसम्म ल्याउन ढुवानी लागत उच्च पर्ने हुँदा कम सामान भित्रिएको उनको भनाइ छ ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ भएकाले पनि बन्दरगाह लक्ष्यअनुसार सञ्चालन हुन नसकेको बताए ।

“बाहिरी मुलुकबाट वीरगञ्ज हुँदै भित्रिएका सामान मुग्लिनको बाटो भएर यहाँ आउने गर्छन्, चोभार सुक्खा बन्दरगाहसम्म पुग्ने सडकको अवस्था राम्रो नहुँदा प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको हो,” उनले भने । काठमाडौंको चक्रपथबाट चोभार बन्दरगाहमा पुग्ने सडक साँघुरो भएकाले ४० फुटे कन्टेनर जान नसक्ने उनले बताए ।

आव २०७३(७४ मा निर्माण कार्य सुरु भएको दु्रत मार्गको भौतिक प्रगति २१ प्रतिशत मात्र भएको छ । निर्माणको काम नेपाली सेनाले गरेको छ । गोरखापत्र दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको