Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सर भन्ने बित्तिकै किन डराउँछन् मानिसहरु ? क्यान्सर भैहाल्यो भने के गर्ने ?

दयालक्ष्मी जोशी

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १६ : १९ मा प्रकाशित

क्यान्सर भन्ने बित्तिकै किन डराउँछन् मानिसहरु ? क्यान्सर भैहाल्यो भने के गर्ने ?

समाजमा अझै पनि क्यान्सर भन्ने बित्तिकै धेरै मानिसहरु डराउने र यो रोग लाग्यो भने निको हुन्न भन्ने धेरै मानिसहरुको बुझाइरहेको छ । यो रोग निको हुन्छ कि, हुँदैन भन्नको लागी क्यान्सर बारे जान्न जरुरी छ । 

क्यान्सर एक नसर्ने रोग हो तर रोगीको एक अंगबाट अर्को अंगमा भने सर्न सक्दछ । जसलाई Metastasis भनिन्छ । यो रोग लाग्नुको कारण हाल सम्म पत्ता लागेको छैन तर हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति कम भएमा क्यान्सर लाग्छ भन्ने कुरा को तथ्य प्रमाणित भइसकेको छ । यो रोग वंशाणुगत रोग पनि मानिन्छ । वंशाणुगत भए पनि एउटै आमा बा को बच्चाहरुलाई यो राम्राे लाग्छ नै भन्ने हुँदैन । जसको  रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ त्यस्तो व्यक्तिलाई यो रोग लाग्ने गर्छ ।

रोग लाग्न नदिन के कस्ता कुरामा ध्यान दिने ?

क्यान्सर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा लाग्ने हुँदा त्यसको लागी हामी स्वस्थ रहन एकदमै जरुरी छ । त्यसैले हामी सक्दो स्वस्थ रहनका लागि स्वस्थ्य खाना खानु , दैनिक व्यायाम मुक्त रही स्वस्थ्य खाना खाने बानी वशालेमा क्यान्सरबाट बच्न या यसलाई पछि धकाल्न सक्छौं । 

हामीले क्यान्सर लाग्दैमा आत्तिनु  पर्दैन । हाल यो रोगबो अनेकौओं उपचार विधिहरूको आविष्कार भएर क्यान्सरका धेरै व्यक्तिहरु निको भएर  सामान्य र गुणस्तरीय जीवन यापन गरिरहेका छन् । 

क्यान्सर रोगको उपचारका विधीहरु के-के हुन् ?  

- शल्यक्रिया गरेर रोग लागेको भाग काटेर फाल्ने,
- औषधीको माध्यमबाट क्यान्सरका कोषिकाहरु मार्ने,
-  किमो थेरापी औषधीको माध्यमबाट क्यान्सरका कोषिकाहरु मार्न,  
- अन्य विधिहरु किमो थेरापी Immune Therapy, Alternative Therapy  हुन् ।  

मुख्य गरी Chemo Therapy Radiation Therapy पाइरहेका बिरामीहरु र घर परिवारले सजिरहुन पर्ने कुराहरु :

१. क्यान्सर रोग आफैले गर्दा र किमो थेरापी र रेडियो थेरापी का कारणले गर्दा बिरामीलाई सरुवा रोग जस्तै टी वी रुघा खोकी छिटो सर्ने सक्ने भएकाले बिरामीलाई छुनु अगाडि, खाना खानु भन्दा पहिले र दिसा पिसाब गरी सकेपछि साबुन पानीले हात धुनु पर्छ । यसले गर्ला सरुवा रोग बाट बच्न सकिन्छ । 

२. भान्छामा चलाउने सामानहरु जस्तै चक्कु । चुलेसी ,कचौरा ,थाल चम्चाहरू उमालेको पानीले पखाल्ने ।

३. खाने कुराहरु सधै राम्रोसंग पकाएर मात्र खाने ,काँचो फलफूलहरू जस्तै : गाँजर ,मुला, काँक्रो जस्ता बोक्रा नभएका खानेकुराहरु नखाने । अनार केरा कागती खान जरुरी भएमा नुन पानीमा १५ देखी २० मिनेट डुबाएर सफा कपडाले पुछेर भाडामा छोपेर राख्ने । माछा , मासु खाँदा छाला र बोसो नखाने ,सक्दो रातो मासु खसी ,बोका र राँगाको प्रोसेस गरेको ससेज नखाने ,अन्य खाने कुराहरुमा सधै खान हुन तर तपाईको डाक्टरले नखानु भनेको बाहेक खानु बार्नु , परेमा धेरै तारेको,चिल्लो  पीरो नखाने र यदी विकिरण पाइरहेको बिरामीले सक्दो धेरै तातो उम्लेको चिया खानु हुन्न । जसले गर्दा मुखमा घाउ हुन सक्छ । 

४. पानी सधै ५ .१० मिनेट उमालेर चिसो भएको पानी मात्रै पिउने ३ ओं ४ लिटर पानी ,दाल ,सुप गरेर पिउने जसले गर्दा शरीरलाई नचाहिने तत्वहरु पिसाबबाट बाहिर आउँछ । Chemo Therapy र Radiation को नराम्रो असर कम हुन्छ ।

५. Chemo Therapy र Radiation बाट उपचार गर्दा मुखमा घाउ आउन सक्छ जुन यस उपचारको साधारण असर हुन् । यसबाट बच्नका लागि बिरामीले खाना पछि मुख नुन पानीले कुल्ला गरेमा ९० प्रतिशत घाउ हुनबाट बचाउन सकिन्छ । साथै २ –२ घण्टामा नुन पानीले कुल्ला गर्ने र डाक्टरले दिएको औषधिले पनि कुल्ला गरेमा मुखमा घाउ आउँदैन । 

६. Chemo Therapy र Radiation का कारण शरीरको छाला , विशेष गरेर हात र खुट्टाको पैताला सुख्खा भएर चिलाउन सक्छ , त्यसो भएमा बराबर नरिवलको तेल लगाउने तर Radiation दिएको भागमा डाक्टरको सल्लाह बिना कुनै औषधी , तेल नलगाउने । 

७. Radiation दिएको भागलाई सूर्यको किरण पर्न बाट बचाउने ।

८. Chemo Therapy र Radiation Therapy को कुनै औषधीले गर्दा कपाल झर्न सक्छ जुन पुरुषलाई भन्दा महिला बिरामीलाई असर हुन सक्छ । यो कपाल झर्नु Chemo Therapy को प्रतिक्रिया हुन् । Chemo Therapy पुरा भएको १ .देखी ६ महिनामा पूर्ण कपाल पलाउँछ ।

क्यान्सर सरुवा रोग होइन बिरामीलाई छुँदा सर्दैन यो रोग बिरामीको एक भाग बाट अर्को भागमा फैलिने रोग हो । क्यान्सर लागेमा नडराइ  डाक्टरले दिएको सुझाव अनुसार उपचार गर्नुपर्छ । 

* (अर्थसंसारकर्मी भूमिका बिष्टले क्यान्सर नर्सिङ प्रोफेसर दयालक्ष्मी जोशीसँग गरिएकाे कुराकानीमा आधारीत रही तयार पारिएकाेे लेख ।)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको