Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सर खोपको युग सुरु गर्दै रुस: छिट्टै औपचारिक घोषणा गरिने

अर्थ संसार

शनिबार, ०६ पुस २०८१, १८ : ३४ मा प्रकाशित

क्यान्सर खोपको युग सुरु गर्दै रुस: छिट्टै औपचारिक घोषणा गरिने

रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ ।

रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०२५ वाट नै आफ्ना जनतालाई निःशुल्क लगाउने घोषणा गरिसकेको छ । तर, रुस भन्दा बाहिरका देशका नागरिकले प्रत्येक खोपको कम्तिमा ४ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नु पर्नेछ । 

यसैबिच, सी स्वास्थ्य मन्त्रालयको नेशनल मेडिकल रिसर्च रेडियोलोजिकल सेन्टरको वेबसाइटका अनुसार क्यान्सरसँग लड्न दुई प्रकारका अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

उसका अनुसार यी मध्ये पहिलो एमआरएनए भ्याक्सिन हो, जो उसले केही दिन अघि मात्र घोषण गरेको हो भने दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हो, जो केही समयमा औपचारिक घोषणा गर्दैछ । 

यस थेरापी अन्तर्गत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी प्रयोगशालामा परिमार्जन गरिएका मानव भाइरसहरूद्वारा संक्रमित गरिन्छ। जसका कारण क्यान्सर कोशिकाहरूमा भाइरस आफैं बढ्छ। फलस्वरूप क्यान्सर कोशिका नष्ट हुन्छन्।

अर्थात्, यस थेरापीमा ट्युमरलाई सिधै नष्ट गर्नुको सट्टा रोग प्रतिरोधात्मक क्षमता सक्रिय गरेर क्यान्सरका कोशिकाहरूलाई नष्ट गरिने छ । 

यस थेरापीको लागि बनाइने भ्याक्सिनको नाम एन्टेरोमिक्स हो। यस खोपको अनुसन्धान चक्र पूरा भएको छ। छिट्टै घोषणा हुन सक्ने रुसी मिडियाले जनाएका छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको