Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर उपचारको लागि आर्थिक सहयोग प्रदान

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १२ : २९ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर उपचारको लागि आर्थिक सहयोग प्रदान

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेकाे छ ।

नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको छ । सोही क्रममा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रूपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा नि:शुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको