Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १७ : २६ मा प्रकाशित

सुपरमाई हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन ६ गते, शुक्रबार नै सम्पन्न भइसकेकाे छ ।  

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । 

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ १३० रूपैयाँ ७६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३ सय ९२ रुपैयाँ २८ पैसा हुन्छ ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियाे । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा ४१ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका थिए ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख २२ हजार ४ सय ९२ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको