Like us!
Follow us!
Connect us!
Watch us!

अमूल्य आचार्यकाे टिप्स : ट्रेडिङबाट कसरी पैसा कमाउने ?

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १० : ४९ मा प्रकाशित

पेशाले सफ्टवेयर इन्जिनियर तथा एउटा अस्ट्रेलियन कम्पनीमा संलग्न भई निर्माण सामग्रीहरुको बजार मूल्य फोरकास्ट गर्दै आएका अमुल्य आचार्य पछिल्लो समय लगानीकर्ताहरुले निकै रुचाएका प्राविधिक विश्लेषक हुन् । Elliott Wave Students Nepal नामक युट्युब च्यानल मार्फत इलियट वेभसँग सम्बन्धित सामाग्रीहरु र इलियट वेभमा आधारित रहेर नेप्से तथा विभिन्न कम्पनीहरुको विश्लेषण गर्दै आएका छन् । आचार्यले गर्ने फोरकास्टहरु प्राय: मिल्ने गरेको कुरा उनका विद्यार्थीहरु बताउँछन् ।  

बजारमा थपिने नयाँ लगानीकर्ताहरूलाई बजारका बारे साना साना कुराहरू पनि थाहा नहुन सक्छ । बजारमा लगानीकर्ताहरूले विभिन्न प्रकारका विश्लेषणको आधारमा लगानी गर्ने गर्दछन् । जस्तै : आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण आदि । यो सँगसँगै पछिल्लो समय नेपाली लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको विश्लेषणको अर्को आधार हो इलियट वेभ थ्योरी । 

इलियट वेभ थ्योरी मानिसहरुको समूह (Group of People) ले कसरी Behave गर्छ भन्ने कुराको विस्तृत व्याख्या हो । यसले सेयर लगानीकर्ताहरु कसरी निराशाको स्टेटबाट आशावादी बन्छन् भन्ने कुराको विश्लेषण गर्दछ।  सेयर बजारको उतार चढावको क्रममा बन्ने प्याटर्नहरु दोहोरिने गर्दछन् । ती दोहोरिइरहने प्याटर्नको बारेमा विस्तृत व्याख्या गर्दै एलियटले आफ्नो सिद्धान्त प्रतिपादन गरेका छन्। सेयर बजारमा लगानीकर्ताहरुको बदलिइरहने मनोविज्ञान प्राइस मुभमेन्टको रुपमा रेकर्ड भएर बस्ने गर्दछ।  लगानीकर्ताहरुले प्राइसमा बन्ने प्याटर्नहरुलाई समयमै पहिचान गर्न सकेमा भविष्यमा मूल्य कता जाँदैछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । वेभ प्रिन्सिपलले लगानीकर्ताको मनोविज्ञानलाई आँकलन गर्ने प्रयास गर्दछ ।

उनै विश्लेषक अमूल्य आचार्यकाे विशेष टिप्स हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको