Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारदेखि आइपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १२ : ५१ मा प्रकाशित

बिहिबारदेखि आइपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले बिहिबार (फागुन ११ गते)देखि आइपीओ निष्काशन गर्दैछ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । आत्मनिर्भर लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न खोजेको हो ।

जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिएको छ । यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सीडीएस एण्ड क्लियरिङ्गको वेबसाइट मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको आर्थिक वर्ष २०७७।७८ को वास्तविक प्रतिशेयर ३७१.८२ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको