काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छिन् । आज (मङ्गलवार) ग्रिल तथा स्टिल व्यवसायी सङ्घ काठमाडौँकाे साताैँ वार्षिक साधारण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन् । महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको उनले बताईन् ।
उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताईन् ।
उनले व्यवसाय औपचारिकरूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गरीन् । उपमेयर डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको सङ्ख्या भने पाँच हजारभन्दा बढी रहेको पाइएको बताईन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम 'फेल' हुने गरेको उल्लेख गरीन् ।
उनले भनिन्, ‘महानगरपालिकाभित्र रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य छ । व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिकरूपमा व्यापार व्यवसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन । व्यवसायीहरूलाई औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु । धेरैलाई व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्न सक्छ । दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा पर्छ ।’
त्यस्तै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको गुनासाे गरीन् । उनले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गरीन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस