Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ जारी गर्ने प्रस्तावसहित जगदम्बा स्टील्सले डाक्यो वार्षिक साधारण सभा

अर्थ संसार

बुधबार, १० फागुन २०७९, ११ : ३४ मा प्रकाशित

आइपीओ जारी गर्ने प्रस्तावसहित जगदम्बा स्टील्सले डाक्यो वार्षिक साधारण सभा

जगदम्बा स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सभामा बोनस सेयर प्रस्ताव र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले सभामार्फत बैंक ऋण अनुमोदन तथा स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरुको निर्वाचन गर्नेलगायत एजेन्डा पनि पेश गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको