Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउने रवीन्द्र मिश्रको चाहना

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १५ : ३४ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउने रवीन्द्र मिश्रको चाहना

प्रमुख दलहरूका नेताहरु बीच राष्ट्रपतिको विषयलाई लिएर दौडधुप चलिरहेका बेला राप्रपाका नेता रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन माग गरेका हुन्। 

सामाजिक संजालमा स्ट्याटस लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि भूमिका सधैं पार्टीगत भएकोले पूर्वराजा यतिखेर राष्ट्रप्रमुखका लागि सबैभन्दा योग्य पात्र भएको उनको दाबी छ । उनले बढ्दो कुशासनविरुद्ध पनि राष्ट्रप्रमुखमा पूर्वराजा योग्य भएको समेत जिकिर गरे।

सामाजिक सञ्जालमा उनले लेखेको स्ट्याटस यस्तो छ: 

यस्तो स्थितिमा राजालाई

‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?
राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। IQ सन्सारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ/परिसक्यो।
यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ।
देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?
अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?
राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको