Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहको प्रश्न– नयाँ नेपाल भनेको यही हो? के नेपालको आफ्नो अस्तित्व छैन ?

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १७ : २८ मा प्रकाशित

ज्ञानेन्द्र शाहको प्रश्न– नयाँ नेपाल भनेको यही हो? के नेपालको आफ्नो अस्तित्व छैन ?

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति आक्रोश पोखेका छन् । आज (सोमबार) धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आक्रोश पोखेका पोख्दै प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।”

उनले नेपाली जनतालाई आफ्नो भू भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको बताएका छन् । उनले देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएकोमा दुख व्यक्त गरेका छन्।

“के नयाँ नेपाल भनेको यही हो ?,” उनको प्रश्न छ, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?”

उनले भने,‘त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने रु कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने रु सोचौ गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं, देशभन्दा ठूलो अरु केही हुँदैन ।’-File Photo

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको