नेपाल राष्ट्र बैंकले फागुन १२ गते आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा छ।
युरोपिय यूरो एकको खरिददर १४० रुपैयाँ तथा बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस