शनिबार राष्ट्रपतिको मनोनयमा दर्तापछि पहिलो पटक आइतबार सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित विभिन्न टिप्पणी गरेका छन्।
शनिबारमात्रै राष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएर महेन्द्रनारायण निधि स्मृती कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डलेपनि ओली लक्षित विभिन्न टिप्पणी गरेका थिए।
आइतबार जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन नसक्ने बताएका हुन्।
उनले बिरालोलाई दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नो जस्तो हुनेभन्दै प्रचण्डमा पनि त्यही स्वभाव रहेको बताउँदै भने, ‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।’
‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस