Like us!
Follow us!
Connect us!
Watch us!

मेरो नेतृत्वमा सरकार बनेको दुई महिनामै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखियोः प्रचण्ड

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०६ : १४ मा प्रकाशित

मेरो नेतृत्वमा सरकार बनेको दुई महिनामै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखियोः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिनामै देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दावी गरेका छन् । आईतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६ औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको उनको भनाइ छ। 

देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्री दाहाले बताए।

'नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी सङ्कटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ', उनले भने, 'सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैले त्यसको थालनी गरिसकेको छु।' प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको