Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको भाउ स्थिर

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ११ : ०२ मा प्रकाशित

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको भाउ स्थिर

नेपाल राष्ट्र बैंकले आज सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसको खरिद दर १३२ रूपैयाँ ११ पैसा र बिक्री दर १३२ रूपैयाँ ७१ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोही भाउमा अमेरिकी डलरको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिद दर १३९ रूपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो । आइतबार युरोको खरिद मूल्य १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा कायम गरिएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रूपैयाँ २६ पैसा तोकिएको छ । यो मूल्य आइतबारको तुलनामा १ रूपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रूपैयाँ ६३ पैसा र बिक्री मूल्य ९० रूपैयाँ ४ पैसामा कारोबार भएको थियो ।

यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिद मूल्य १५७ रूपैयाँ ८२ पैसा र बिक्री मूल्य १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ । आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिद मूल्य १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको थियो ।सोमबार क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रूपैयाँ ६ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । यस्तै राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ ।

साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिद मूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्री मूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ । आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो । सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ । आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ २ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको