Like us!
Follow us!
Connect us!
Watch us!

तीन वस्तुले घटायो कुुल निर्यात

पत्रपत्रिका

मंगलबार, १६ फागुन २०७९, ०६ : १९ मा प्रकाशित

तीन वस्तुले घटायो कुुल निर्यात

प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुुल निर्यातमा प्रभाव परेको हो ।

सात महिनाको कुुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।

विभागका  अनुसार  चालू  आर्थिक  वर्षको  सात महिनामा पाम तेलको निर्यातमा ५९ दशमलव २ प्रतिशतले ह्रास आई १३ अर्ब ९२ करोड रुपियाँमा झरेको  छ  ।  सो  अवधिमा  भटमासको  तेलको  निर्यातमा ७७ दशमलव ५ प्रतिशतले ह्रास भई आठ अर्ब २७ करोड ७५ लाख ७४ हजार रुपियाँ र सूर्यमुखी फूलको तेलको ९१ दशमलव २ प्रतिशतले घटेर २३ करोड २८ लाख ७० हजार रुपियाँको भएको छ । 

विभागका अनुसार साउनदेखि माघसम्मको समग्र वस्तुु निर्यात २९ प्रतिशतले घटेर ९१ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपियाँमा झरेको छ । आव २०७७÷७८ को तुलनामा आव २०७८÷७९ को  पहिलो  सात  महिनाको  अवधिमा  भने  ८८  दशमलव ३० प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको सात महिनामा पाम तेल ५९ दशमलव २ प्रतिशत, भटमासको तेल ७७ दशमलव ५ प्रतिशत र सूर्यमुखी तेलको ९१ दशमलव २ प्रतिशतले घटेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ । गोरखापत्र दैनिकमा समाचार छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको