Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको चुनाव चिन्ह परिवर्तन, गोलाकार हटाएर अब घण्टी मात्र

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १३ : १५ मा प्रकाशित

रास्वपाको चुनाव चिन्ह परिवर्तन, गोलाकार हटाएर अब घण्टी मात्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह परिवर्तन गरेको छ । गोलो आकारभित्र घण्टी भएकोमा त्यसलाई परिवर्तन गर्दै घण्टी मात्र चिन्ह राखेको हो । 

निर्वाचन आयोगको दर्ता भएका राजनीतिक दलहरूको अद्यावधिक विवरणमा रास्वपाको चुनाव चिन्ह घण्टी मात्रै राखेको देख्न सकिन्छ । पहिलेको बाहिरको गोलाकार भने हटाइएको छ । 

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा रास्वपासहित १८ दल सहभागी हुँदैछन् । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता विवादमा मुछिएपछि सभापति रविको सांसद पद गुमेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको