डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा बोलाएको छ। एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते दिउँसो १ बजेबाट चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको हो।
सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०७९/८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आय/व्याय पारित गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस