Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकलाई डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सुझाव– हकप्रद सेयर निष्कासन र कर्जाको प्रोभिजन घटानुस्

अर्थ संसार

आइतबार, १७ असार २०८०, १७ : ४२ मा प्रकाशित

राष्ट्र बैंकलाई डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सुझाव– हकप्रद सेयर निष्कासन र कर्जाको प्रोभिजन घटानुस्

नेपाल राष्ट्र बैंकलाई डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नौ बुँदे सुझाव दिएको छ । आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिका लागि एशोसिएसनले आज राष्ट्र बैंकलाई नौ बुँदे सुझाव दिएको हो । 

संघले राष्ट्र बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिनुपर्नेदेखि राम्रो कर्जाको प्रोभिजन १.३ प्रतिशतबाट घटाएर १ प्रतिशत झार्न सुझाव दिएको छ ।

संघले एक पटकका लागि निश्चित समय तोकेर हकप्रद सेयर निष्कासन गर्न दिन माग गरेको छ । साथै, विकास बैंकले पनि स्थानीय निकायमा रहेको निक्षेपलाई सहज संकलन गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । त्यस्तै विकास बैंकलाई स्थानीय मुद्रामा कारोबार गर्नका लागि एलसी खोल्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

संघले वित्तीय उद्योगको समग्र सुधारको क्रममा रहेतापनि विगतका वर्षहरूको तुलनामा अवस्था अझै सहज नभएको भन्दै वित्तीय संस्था ध्वस्त हुने सम्भावनालाई ध्यानमा राखेर निक्षेपको बीमामा लाग्ने शुल्क घटाउनसमेत सुझाव दिएको छ । त्यस्तै वाणिज्य बैंकहरूले दिने क्रेडिट लोन १ करोडको सीमा हटाउन वा परिमार्जन गर्न सुझाव दिएको छ । यस्तै ऋणपत्र र सरकारी धितोपत्रको ब्याजलाई स्प्रेडको गणनाको अनुमति दिन सुझाव दिएको छ ।

असल कर्जा प्रोभिजनको प्रावधान १.३ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्न, कोर पुँजीको १ प्रतिशतको सीमा बढाएर कोर पूँजीको ५ प्रतिशतसम्म पुर्‍याउन सुझाव दिएको छ । बैंक तथा वित्तीय संस्थाले तिर्ने गरेको तेस्रो पक्षीय लागत ग्राहकहरूबाट असूली गर्न अनुमति दिने व्यवस्था मिलाउन समेत सुझाव दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको