अर्थ संसार
काठमाडौं–प्रबर्धनमा निकै अगाडि देखिएको ‘जात्रा’ फिल्मले दर्शको मन पनि जितेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको निर्माण पक्षको दावी छ ।
समिक्षकको प्रशंसा र हेर्ने दर्शकको सकारात्मक प्रतिक्रियाले र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताए । ‘हामीले गरेको दुखले दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल भएको महसुस भइरहेको छ,’ उनले भने, ‘विगत १३ वर्षदेखि मह सञ्चारसँग गरेको सहकार्यको प्रतिफललाई दर्शकले मनपराएको पाएको छु।’
फिल्म समिक्षकबाट पनि ‘जात्रा’ ले गतिलो प्रतिक्रिया पाएको छ । फिल्म एकपटक हेरिसकेका कतिपयले दोहोर्याएर हेर्ने बताएका छन् । फिल्मको लगानी लगभग उठिसकेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँले बताए् ।
यद्यपी, ‘जात्रा’ को दर्शक बढ्दै गएका कारण धेरथोर फाइदा हुनेमा ढुक्क रहेको उनी बताउँछन् । ‘फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका कारण दर्शकको सख्या पनि हलहरुमा बढीरहेको छ, यसले अर्को फिल्म बनाउन सजिलो पर्ने देखेको छु’ उनले भने ।
पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको फिल्ममा विपीन कार्की (भष्मे डन) फरक भूमिकामा प्रस्तुत भएका छन् । यस्तै, पशुपतिप्रसादका (हनुमान) र रविन्द्र झाको अभिनयले पनि दर्शकको मन तान्ने देखिएको छ । यस्तै नायिका वर्षा राउत पनि यस फिल्ममा फरक रुपमा प्रस्तुत भएकी छिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस