नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलाे काराेबार भएकाे छ । आइतबार प्रीओपन सेसनमा कम्पनीकाे पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे ।
गत साता कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SMHL सिम्बाेल प्राप्त गरेकाे छ ।
याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्यमा पोजेटिभ सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय २८ रूपैयाँ ९० पैसा पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस