Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १२ : ४७ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा

जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आ.व २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् ।

संस्थाले सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गर्ने भएको छ । सोअनुसार चैत ९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै सभामा उपस्थिती हुन पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको