नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन’ मुद्धा अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् ।
पुर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै प्रधानमन्त्रीलाई मुद्धा लगाउन पाइने भएपनि त्यो मुद्धा हेर्ने काम अदालतको नभएको बताएका हुन् ।
उनले बहालवाला प्रधानमनत्रीलाई मुद्धा लगाउन मिल्ने तर शान्तिसम्झौता अनुसारजनयुद्धकालीन मुद्दा TRC ले हेर्नुपर्ने बताए । आइतबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको टिप्पणी गरेका थिए। सो टिप्पणीपछि सामाजिक सञ्जालमा आएका आलोचनालाई सम्बोधन गर्नेगरी भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
‘उनले लेखेका छन्–बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन! मज्जाले पाइन्छ! म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु,’ ‘अदालतमा हाजीर भएको छु! तर शान्तिसम्झौता अनुसारजनयुद्धकालीन मुद्दा TRC ले हेर्ने हो, नियमित अदालतले हैन!’
आवेग भन्दापनि विवेकले काम गर्न अनुरोध गर्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डको हकमा पनि सोही प्रक्रिया लागू हुने उल्लेख गरेका छन्। ‘प्रम प्रचण्डको हकमा पनि त्यही हो! आवेग हैन विवेकले काम गरौं!’ उनले भनेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस