Like us!
Follow us!
Connect us!
Watch us!

महिलालाई प्रवर्द्धन गर्ने उदेश्य सी-नेचर नेपालको स्थापना

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १७ : ४६ मा प्रकाशित

महिलालाई प्रवर्द्धन गर्ने उदेश्य सी-नेचर नेपालको स्थापना

आज फागुन २४ अर्थात् नारी दिवस, सो अवसरमा महिलाहरुको सीपको विकासमा सहयोग पुर्याउने उदेश्यले सी-नेचर नेपालको स्थापना भएको छ । 

महिलालाई काम गर्ने वातावरण र ठाउँ दिनुपर्ने उदेश्यले काठमाडौंको ठमेल-२६ स्थित् अलफ्ट होटेलको अगाडी आज नारी दिवसको उपलक्ष्यमा वडा सदस्य शान्ता महर्जनको हातबाट सी-नेचर नेपालको स्थापना भएको हो । 

सी-नेचर नेपालकी संथापक लिना दाहालले उद्घाटन समारोहमा भनिन्, 'सी-भनेको महिलालाई  जनाउँछ, महिला भनेको आफै पनि एक नेचर हो महिला प्रकृती भएको हुँदा कम्पनीको नाम सी-नेचर भनेर नामाकरण गरिएको हो।'

सी-नेचर नेपाल भनेको ट्रेकिङ कम्पनी हो । सी-नेचरको मुख्य काम भनेको टूर र ट्रेकिङ हो । महिलालाइ प्रवर्द्धन गर्ने उदेश्यले महिला गाइडहरु राखेर टूर चलाउने उक्त संस्थाकी संथापक लिना दाहालले जनाएकी छिन्। संस्थामा ट्रेकिङ संग-संगैं कफी सप र हेन्डी क्राफ्टको समेत व्यवस्था गरेको छ । 

सी-नेचर नेपाल संस्थामा उद्यमसील महिलाहरुलाइ यस संस्था द्वारा हेन्डी क्राफ्टको तालिम दिई उनीहरुको सीप विकासमा काम गर्नेछ  । कफी सपमा पनि महिलाहरु कामदार प्राथमिकता दिएको छ । 

संस्थाकी संस्थापक दाहालले भनिन्, 'महिलाहरुलाई प्रमोट गर्नु पर्छ भन्ने उदेश्यले यो कम्पनी खोलेको होे । हामी यसमा कर्मचारीहरु पनि महिलानै राख्ने र सबै महिलाहरु सबै माथी उठनु पर्छ भनने उदेश्यले खोलेका हौं , संथापक दाहालले भनिन् । कफी सपमा अहिले  आफैले  सेवाहरु दिने छौं बिस्तारै महिलाहरु काम दिईने छ । हामी सुरुवाती भएको हुदा बिस्तारै बढाउदै लैजाने सोच रहेको छ ।'

चार जनाको सहयोगमा खोलिएको सी-नेचरमा ६ लाख बराबारको लगानी लगाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको