Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ल्यायो ‘बचत र क्यासब्याक सँगसँगै’ योजना

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, ११ : ०७ मा प्रकाशित

सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ल्यायो ‘बचत र क्यासब्याक सँगसँगै’ योजना

सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ ।

यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा त्तच् कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु संचालनमा रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको