Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको आईपीओ आजबाट खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १० : ५२ मा प्रकाशित

मोदी इनर्जीको आईपीओ आजबाट खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

मोदी इनर्जी लिमिटेडले आज (फागुन २५ गते, बिहीबार) देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०% अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो । त्यस्तै, जारी पुँजीको १५% अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १०% अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

क-कसले दिने आवेदन ?

पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आईपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म आईपीओ बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ भर्न सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कहाँबाट दिने आवेदन ?

आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको