Like us!
Follow us!
Connect us!
Watch us!

योगेशको दाबी- प्रचण्ड पुनः एमालेतिरै फर्किन्छ

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : २९ मा प्रकाशित

योगेशको दाबी- प्रचण्ड पुनः एमालेतिरै फर्किन्छ

नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका भट्टराईले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले प्रचण्ड पुनः एमालेतिरै फर्किने समेत दाबी गरे। उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने दाबी गरे ।

प्रचण्डले सहयात्री दललाई दुःख दिएको पनि भट्टराईको आरोप छ । उनले आफ्नो पार्टीका उम्मेदबार उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिमा जित्ने दाबी समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको