Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने/नबनाउने विषयमा भोटिङ गरौंः योगश भट्टराई

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १७ : ३३ मा प्रकाशित

सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने/नबनाउने विषयमा भोटिङ गरौंः योगश भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानविनाका लागि उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले छानविन समिति बनाउन सहमति र असहमति भएको खण्डमा सभामुखले भोटिङ गराउन पर्ने तर्क राखेका हुन् । संसद्ले छानविन समिति बनाउन आवश्यक छैन भनेको खण्डमा सोही दिनदेखि नै आन्दोलन स्थगित गर्ने उनले बताए ।

‘छानविन समिति बनाउन हामी कोही सहमत छौं, कोही छैनौं भने कुनै पनि पार्टीले ह्वीप नलगाऔं । म प्रस्ताव राख्छु सभामुखजीले भोटिङ गराउनुस् । यदि यो संसद्ले छानविन समिति बनाउन हुन्न भन्यो भने एमालेको आन्दोलन त्यही दिन स्थगित हुन्छ,’– उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको