Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १२ : ५५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन २५ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २८ गतेदेखि चैत्र १७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (फागुन २५ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे १८औं वार्षिक साधारण सभा चैत १८ गते हुँदैछ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनस सेयर र कर प्रयाेजनका लागि ० दशमलव ४४९ नगद लाभांश गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको