सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन २६) गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयरलाई आइपिओ मार्फत बिक्रीमा ल्याएको हो।
जस मध्य १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ % २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ।
सबैलाई छुटाएको बाहेक बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले ]सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कति दिने आवेदन ?
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कहिलेसम्म दिने आवेदन ?
फागुन २६ देखि फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सकिने छ।
रेटिङ कति ?
रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस