Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार फागुन २९ गतेबाट हुँदै

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, ११ : ३४ मा प्रकाशित

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार फागुन २९ गतेबाट हुँदै

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार फागुन २९ गते, साेमबारबाट सुरू हुने भएकाे छ । यी २ कम्पनी १००ः८० काे अनुपातमा मर्ज हुन लागेका हुन् ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन ११ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् ।

मर्जरपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनीकाे केन्द्रीय कार्यालय का.म.पा वडा–१ नक्सालमा रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको