Like us!
Follow us!
Connect us!
Watch us!

माओत्सेतुङपछिको शक्तिशाली नेता 'सी' तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, ११ : ३७ मा प्रकाशित

माओत्सेतुङपछिको शक्तिशाली नेता 'सी' तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन

सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गरेका छन् । उनी १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् ।

'ग्रेट हल अफ द पिपल'मा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले संविधानप्रति प्रतिबद्ध रहने बताएका छन् । योसँगै उनलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ ।

यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत भए । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।-Photo Source: Aljazeera

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको