Like us!
Follow us!
Connect us!
Watch us!

पुटिनले भने– मस्को र बेइजिङबीचको सम्बन्धले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान पुर्‍याउँछ

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १२ : ०७ मा प्रकाशित

पुटिनले भने– मस्को र बेइजिङबीचको सम्बन्धले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान पुर्‍याउँछ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र बेइजिङबीचको सम्बन्धले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान पुर्‍याउँने बताएका छन् । हिजो सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा रुसी राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।

भेटघाटको क्रममा रुसी राष्ट्रपति पुटिनले जोड दिँदै भनेको विषयलाई उदृढ गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘सम्पूर्ण रूपमा, अन्तर्राष्ट्रिय परिदृश्यमा हाम्रो अन्तरक्रियाले निस्सन्देह विश्व व्यवस्था र बहुध्रुवीय प्रणालीको आधारभूत सिद्धान्तहरूलाई बलियो बनाउन योगदान पुर्‍याउँछ ।’ दुवै देशले आर्थिक अन्तरक्रियाको क्षेत्रमा पनि छलफल गर्नुपर्ने धेरै विषय रहेको पुटिनले बताए ।

रुसी राष्ट्रपति पुटिनले भनेको विषयलाई उदृढ गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ, ‘भोलि हामी हाम्रा साझेदारहरू र समकक्षहरूको सहभागितामा यस बारे कुरा गर्न सक्षम हुनेछौं। अनौपचारिक र मैत्री वातावरणमा चासोको सबै मुद्दाहरूमा शान्तपूर्वक कुरा गर्न आउनुभएकोमा आज मलाई खुशी लागेको छ ।’

पुटिनले आफ्ना चिनियाँ समकक्षीलाई अभिवादन गर्दै भने,‘तपाईंलाई स्वागत छ ।’ पुटिन र सी जिनपिङले मार्च २१ मा दुवै देशका प्रतिनिधिमण्डलको सहभागितामा आधारभूत वार्ता गर्नेछन्।-Photo Source: TASS

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको