Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड आइतबार, १६ लाखले आवेदन दिएकामा १६ हजारले सेयर पाउने

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १२ : ४१ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड आइतबार, १६ लाखले आवेदन दिएकामा १६ हजारले सेयर पाउने

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बिहीबारदेखि फागुन १५ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आगामी आइतबार (फागुन २८ गते) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड आइतबार बिहान क्यापिटलकाे रजिष्टर्ड कार्यालयमा हुनेछ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ९ हजार ५ सय ८६ जना लगानीकर्ताहरूले कुल १ करोड ७८ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १०४.९० गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १५ लाख ९२ हजार ६ सय ११ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

संस्थाले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँड समेत भइसकेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको जम्मा १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको