Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १० : १८ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बिहीबारदेखि फागुन १५ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज, फागुन २८ गते आइतबार सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे रजिष्टर्ड कार्यालयमा गरिएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३८ हजार ४ सय ६६ जना लगानीकर्ताहरूले कुल १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १५ लाख ३६ हजार २ सय ६३ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । सेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन्  ।

संस्थाले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँड समेत भइसकेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको जम्मा १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे वेबसाइट, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको